दफा २८
पारस्परिक कानूनी सहायता उपलब्ध गराउन इन्कार गर्न सक्ने
दफा २७ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा केन्द्रीय अधिकारीले पारस्परिक कानूनी सहायता उपलब्ध गराउन इन्कार गर्न सक्नेछः–
(क) दफा ४ बमोजिमको अवस्था भएमा,
(ख) द्विपक्षीय सन्धि बमोजिम अनुरोध भई नआएको भएमा,
(ग) कुनै कसूरसँग सम्बन्धित विषयमा पारस्परिक कानूनी सहायताको लागि अनुरोध गरिएकोमा त्यस्तो कसूर राजनीतिक प्रकृतिको भएमा,
(घ) दफा २७ को उपदफा (२) बमोजिम माग गरिएको विवरण, कागजात वा प्रमाण सम्बन्धित विदेशी मुलुकबाट प्राप्त हुन नआएमा,
(ङ) अनुरोध गरिएको विषय सैनिक ऐन अन्तर्गतको कसूरसँग सम्बन्धित भएको देखिएमा,
(च) जात, धर्म, लिङ्ग, जातीय उत्पत्ति, राष्ट्रियता वा राजनीतिक विचारको आधारमा कुनै व्यक्ति विरूद्ध अनुसन्धान, कानूनी कारबाही वा सजाय गर्न खोजिएको देखिएमा,
(छ) अनुरोध गरिएको विषय अनुसन्धानको लागि महत्वहीन भएको वा अन्य तरिकाबाट सो सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने देखिएमा,
(ज) जुन विषयमा पारस्परिक कानूनी सहायताको माग गरिएको हो सो विषय बाहेक अन्य काम कारबाहीमा त्यसको प्रयोग नहुने कुराको सुनिश्चितता प्राप्त नभएमा,
(झ) पारस्परिक कानूनी सहायता उपलब्ध गराउँदा सार्वजनिक व्यवस्था (पब्लिक अर्डर) प्रतिकूल हुने भएमा ।